Sunday, April 30, 2017

बैशाख १७ को राजनीतिक घटनापछिको देश :

बैशाख १७ को राजनीतिक घटनाले अबको देशको भविस्य र अब अगाडिको राजनीतिक परिदृश्य यस्तो हुनसक्छ :-
१. राप्रपाले सरकारबाट बाहिरिने निर्णय गर्दै सरकारलाई दिएको समर्थन वापस लिने छ l
२. सरकार अल्पमतमा पर्नेछ र सरकार जोगाउन मधेशकेंद्रित तीन दलहरुको समर्थन उपलब्ध गराईने छ l
३. त्यो सरकारले हाल गरिन थालेको स्थानीय चुनाव रद्द गर्ने छ र संबिधान संशोधन गर्ने बहानामा यो चुनाव अर्कोवर्ष गर्ने निर्णय गर्ने छ ।
४. देउवालाई सत्ता हस्तान्तरण गरिने छ ।

यसबाट उत्पन्न हुने परिणाम :
१. देश दुई ध्रुवमा विभाजित हुनेछ ।
२. संबिधान संशोधन कहिल्यै हुनेछैन ।
३. स्थानीय चुनाव नहुँदाको परिस्थितिमा राष्ट्रियसभाको चुनाव हुनेछैन । किनकि, राष्ट्रिय सभाको निर्वाचनमण्डलमा स्थानीय तहका प्रमुख र उपप्रमुख छन् ।
४. राष्ट्रियसभाको अनुपस्थितिमा प्रतिनिधिसभाले पूर्णता पाउने छैन । किनकि, संबिधान अनुसार संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) मा समानुपातिक तर्फको कोटामा महिलाको प्रतिनिधित्व ३३% हुनुपर्ने संबैधानिक बाध्यता छ ।
५. यसप्रकार देशका प्रतिनिधिमूलक संस्थाहरु ध्वस्त हुनेछन र संबिधान स्वत: कागजको खोष्टोमा परिणत हुनेछ ।
६. सायद, कुनै अदृश्य शक्तिले चाहेको यही हो। हामी त केवल चेसका मोहरा मात्र हौँ, खेल त कसैले अन्यत्रै बसेर खेल्दै छ ।

आफ्नो 'इगो' र रिसिबिले गर्दा कार्यपालिका र न्यायपालिका बिच फाँटो आउनु राम्रो संकेत थिएन। यसले देशलाई अस्थिरता तिर त धकेल्छ नै संबिधान पनि कोल्याप्स हुने सम्भावना देखिन्छ।