"बौलाइ आईमाई,वाहा जिन्दगी"
सन्ध्याकालिन समय
सडक पेटिमा
मेरा दुई पैताला
अगाडि बड्न तँछाडमछाड गरिरहेका थिए,
मेरो मस्तिष्क
आफ्नै दुनियामा मस्त थियो,
सायद कसैको कल्पनामा।
तेत्तिकैमा,
अकस्मात कसैले मलाई प्रहार गर्यो
तिखो अनि धारिलो प्रहार।
प्रहार…?
हो प्रहार,
तर प्रहार कुनै हतियारको थिएन
न त व्यक्तिको आक्रमण नै,
प्रहार थियो त शब्दको
त्यो पनि एउटा स्त्रीवाजमा,
अश्लीलताले भरिपुर्ण शब्दको प्रहार
जसमा महिलात्व झल्कन्थ्यो।
मेरो मन चसक्क घोच्यो
मस्तिष्कमा आगोको ज्वाला उठ्यो
सायद सालको चिर्पट थियोभने दनदनी बल्थ्यो
म टक्क अडिएँ
र आफ्ना नयन पछिल्तिर दृष्टिगत गरेँ…।
जब मेरा नयनले
अश्लीलमुखी शब्द प्रहारको श्रोत नियाल्यो
तब मेरो क्रोध विलयनमान भयो
रिसको राप निभाउन
एउटा दृश्य दमकल बन्यो
ती महिला थिईन
जस्ले मलाई अश्लील शब्दको प्रहार गरिन्।
र ती महिला मात्र थिईनन्
उनमा पागलपन मिसावट थियो
उनी पागल थिईन
उनी बौलाई थिईन्
उनको स्मरण शक्ति गुमेको थियो
त्यसैले त मेरो क्रोध छिनभरमै बिलायो
एउटि पागल महिलालाई देख्दा
मेरो मन साच्चिकै प्रफुल्लित भयो
किनकि उनको एक्कैछिनको हाँसो
एक्कैछिनको रुवाई
एक्कैछिनको क्रोध
अनि यी सबैको समिश्रण
एउटा खिचडी थियो
जस्को स्वाद मेरा आखाले चाखे,
छिनभरमै एउटा रंगमञ्च बन्यो
जहाँ एक्कैपटक एउटै कलाकारले
धेरै पात्रको अभिनय गर्यो
जस्लाई मेरा नयनले दृस्टीगत गरे
आहा ! क्या आनन्ददायी क्षण
कस्तो अविच्चिन्न कला,
उनी स्वतन्त्र थिईन
उनमा न डर थियो, न इज्जत,
म उनको जिन्दगीमा कल्पित थिएँ
उनी केहि भन्दै थिईन
तर म,उनकै जिन्दगीमा रमाउँदै थिएँ।
सोच्दै थिएँ,रम्दै थिएँ
कस्तो रमणीय जिन्दगी।
लट्टा परेका कपाल
झुत्रे लुगा,
जस्ले छोप्नुपर्ने अंग पनि छोपेका थिएनन्
तर उनको शरिरमा कपडाको जरुरत थिएन
किनकी उनको शरिरमा मैलोको कपडा लागिसकेको थियो
उनी आसपासको गन्ध पनि पर्फ्युं लाग्थ्यो
हो मलाई उनको जिन्दगिले लोभ्यायो
मलाई अझैपनी गालिगलौज गर्दै थिईन
तर म उनिसँग मघ्न थिए
उनको संसार मेरो आखामा कैद गर्दैथिए
व्यबहारलाई दिमागमा नोट गर्दैथिए
व्यक्तित्वलाई हृदयमा बसाल्दै थिएँ।
म लठ्ठ थिएँ तर…
तर गोजिको मोबाईलबाट
गुञ्जिएको फोनको घन्टिले म ब्युझिएँ।
समय बितेछ,
म जुन यात्रामा निक्लिएको थिएँ
मलाई ढिलो भैसकेको थियो।
मेरा पाईला पछाडी फर्के र फेरि घरतर्फ नै लागे…।
धन्यवाद ! प्रतिकृयको आशमा…
Wednesday, July 26, 2017
"बौलाई आईमाई, वाहा जिन्दगी"
Subscribe to:
Posts (Atom)