Wednesday, May 9, 2018

मोदि भ्रमण र जनविचार :

#सन्दर्भ_मोदी_भ्रमण:
विश्व हल्लाएका उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण र उत्तर कोरियाबिचको ७२ वर्षे दुस्मनिलाई दक्षिण कोरिया भ्रमण गरेर समाप्त गरिदिए। दक्षिण कोरियालि नेता मुन जे इनले राम्रै स्वागत गरे र भेटवार्ता पनि भयो। उता अमेरिका र जापान पनि उत्तरको कडा दुस्मनी रहेकोमा अहिले अन्त्य हुने क्रममा छ। भर्खरै अमेरिकि बिदेश मन्त्री उत्तर कोरिया पुगेका छन् र आगामि हप्ता ट्रम्प र किम बिच भेटवार्ता हुँदैछ। चिन र भारत बिच पनि केही महिना अघि मात्र डोक्लाम समस्यामा राम्रै टकराब भयो तर भर्खरै मात्र मोदिले चिनको भ्रमण गरे र चिनमा राम्रै आतिथ्यता पाए। यसर्थ यो एउटा सामान्य उदाहरण मात्र होकि साना देखि ठुला समस्या वा युद्धको समाधान भनेको उच्चस्तरीय भ्रमण बाटै हुन्छ र उच्चस्तरीय भ्रमणमा स्वागत सम्मान सबै देशबाट हुनेगर्छ।
अब हाम्रै कुरा गरौँ:
प्रम केपी ओली भारत जादा राजकिय अतिथि बने ,ओली को सम्मानमा ईण्डिया गेटमा नेपाली झण्डा फर्फरायो, बिजय चोक देखी राज घाट सम्म जाने बाटो सर्वसाधरणको लागि बन्द गरियो, हिमाचलमा रहेको टिहरी ड्याम अवलोकन गर्न ओली जाँदा दिनभरको लागि टिहरी ड्याम अवलोकन गर्न सर्वसाधरणको लागि बन्द गरियो, दुनियाका बिरलै भिभिआईपी को सुबिधा दिदै भारत सरकार ले राष्ट्रपति निवासमा ओलीलाई राख्यो, २१तोपको गार्ड अफ अनर र डा. मानार्थले सम्मान गर्यो, दिल्ली को सडकहरुमा नेपालका झण्डा ,ओलीको स्वागतमा नयाँ दिल्ली पखालियो र रंगियो....तर हामी भन्दैछौ मोदि आउँदा बाटो किन पखालियो ? किन रंग्याईयो ? जनकपुमा बिदा किन दिईयो ? मुक्तिनाथ जान सर्वसाधारणलाई एक दिन किन रोक लगाईयो ? मोदि हिड्ने बाटोमा सर्वसाधारणलाई किन रोक लगाईयो ? यस्तो बकवास कुरा गर्ने भनेको कुटनितिको शब्दै उच्चारण गर्न नजान्नेले हो । हामी नेपालिहरु यसै कारण पछि छौँ कि बिरोध जसरी पनि गर्नुपर्छ। विश्वकै शक्तिशाली मध्यका एक ब्यक्ति नेपाल आउँदैछन र उस्लाई नेपाल जस्तो देशले सुरक्षा दिन कुनै कसुर बाँकी राख्नुहुन्न। हामी नेपालिहरुको बानी नै छ: अतिथिको सम्मान गर्ने र गर्नुपर्छ।
हो भारतले सिमा मिचेको छ, हरेक क्षेत्रमा हस्तक्षेप लगाएको छ,भारतले नै मधेस आन्दोलन चर्काएको हो,नाकाबन्दी लगाएकै हो। अब यसो गरो भन्दैमा मोदिलाई नेपाल प्रवेशमै रोक लगाएर समस्या समाधान हुन्छ ? मुख्य कुरो नेपालले जनकपुमा गर्ने भनिएको नागरिक अभिनन्दन हो। तर यो कुनै हालतमा नेपालले गरेको अभिनन्दन नभएर मोदिको ग्राईण्ड डिजाइनमा गरिएको चुनावी प्रचारप्रसार हो। बिहारमा हुन लागेको चुनाव केन्द्रीत प्रचारमा मोदिले मधेसका र कर्नाटकका ५० हजार मानिसलाई जनकपुमा सम्बोधन गर्नेछन्। किनभने मधेसले बिहारलाई प्रत्यक्ष प्रभाव पार्दछ भने बिहारबाट पनि हजारौँ मानिस मोदिको सम्बोधन सुन्न जनकपुर आउनेछ र ल्याईनेछ। जसका लागि मोदिका विश्वास पात्र भारतिय राजदुत मन्जित पुरी प्रत्यक्ष खटिएका छन। स्टेज बनाउने सामाग्री देखि कामदार र पिउने पानी सम्म भारतबाटै ल्याईँदैछ। र यो सबैका लागि मोदिले २ प्रदेश सरकारलाई हातमा लिएका छन ।
-ओलि कहाँ चुके ?
बिगतमा नाकाबन्दी बिरुद्ध खरो उत्रिएर राष्ट्रवादी छवि बनाएका ओलिले मोदिको जनकपुर भ्रमण रोक्न सक्थे वा सक्दैनथे त्यो एउटा कुरा होला  तर अर्को महत्वपूर्ण कुरा के छ भने ओलिलाई मोदिले बिगतका नाकाबन्दी र मधेस आन्दोलनलाई झक्कझक्याएर 'ब्लाक मेलिङ' गरे जसका कारण ओलि पनि भारतसँग नतमस्तक हुन बाध्य भए। यो तितो सत्य हो। तसर्थ ओलिले मोदिको जनकपुर भ्रमण वा भनौ नेपालमा आएर बिहारको चुनावी सभालाई सम्बोधन गर्ने मोदिको उदेश्यलाई रोक्न सकेनन् । यस्ले पक्कै दीर्घकालीन महत्व राख्न सक्दछ । किनभने मोदिले २ नम्बर प्रदेशमा सिधै पाईला टेकेर त्यहाँको मधेसीलाई सम्बोधन गर्दा पक्कै नराम्रो प्रभाव पर्दछ। बिगतौदेखी भारतले नेपालको मधेसमा चासो राख्दै आएकोमा अहिले मोदिको यो सम्बोधनले अर्कै संदेश जान सक्छ। यसलाइउ ओलिले कुनै हालतमा रोक्नुपत्थ्यो सकेनन्। तर ओलि पनि सानोतिनो खेलाडी हैनन उनले पनि पक्कै केही डिजाईन बनाएका हुनुपर्छ,किनकी चिनसँग नजिकिएका ओलिले पनि मोदिलाई ब्लाक मेलिङ गर्न सक्छन्। त्यसैले ओलिको राष्ट्रियता वा मोदिको नेपाल भ्रमणको अन्धो पाराले बिरोध गर्नुभन्दा वास्तविकता बुझ्नु जरुरी छ।
निस्कर्ष:
मोदिले नेपालको धार्मिक वा पर्यटकिय क्षेत्रको भ्रमण गर्दा अन्तर्राष्ट्रिय मिडियामा राम्रै चार्चा पाउँछ जस्ले गर्दा धार्मिक र पर्यटकिय प्रवर्द्धन राम्रै हुन्छ। नेपालले मोदिको भ्रमणमा स्वागत र सम्मान राम्रै गर्नुपर्छ ताकी मोदिले भोलिका दिनमा तिक्तता महसुस गरेर पहिलेको गल्ती नदोहोर्‍याउन ।तर यो भन्दैगर्दा जनताको भावना बिपरित मोदिलाई जनकपुरमा नागरिक अभिनन्दन वा काठमाडौमा दुबै ठाउँमा गर्नु गलत हो। किनकी मोदिमा जनता रुष्ट छन र रुष्ट हुँदाहुँदै जनताको तर्वबाट अभिनन्दन गराउनु न्यायोचित देखिँदैन। खैर यो सबै एक ठाउँमा छ मोदिको यो भ्रमले पक्कैपनी ओलिले भारतमा उठाएको २१ औँ सताब्दिको नेपाल भारत सम्बन्ध हुनुपर्छ। सिमा समस्या र  अन्य हस्तक्षेप अन्त्य हुनुपर्छ। र ओलिले बिगतको राष्ट्रबाट बचाउन यी सबैलाई कडा रुपमा उठाउन सक्नुपर्छ। जय देश ! जय राष्ट्रवाद ! धन्यवाद !

Tuesday, April 24, 2018

जनताको बहुदलीय जनवाद 'जबज' भनेको के हो ?

विशिष्ट अवस्थामा माक्र्सवादको सृजनात्मक प्रयोग नै जनताको बहुदलीय जनवाद हो । जबजको सैद्धान्तिक आधार नै माक्र्सवाद र लेनिनवाद हो । देशको दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी एमालेको राजनीतिक कार्यक्रम नै जनताको बहुदलीय जनवाद हो । अहिले यो पार्टीको देशको सर्वोच्च पददेखि मह¤वपूर्ण स्थानमा हालीमुहाली छ । हुन त, जबजले भनेजस्तो सत्ता प्राप्ति त भएको छैन, तर पनि मह¤वपूर्ण स्थानमा पुगेर हिजो जसरी प्रशिक्षित गराउने काम गरिन्थ्यो, सोअनुसार जबजको बाटोमा हिँडिरहेको छ÷छैन, अब आमकार्यकर्ताले चासो राख्नुपर्ने देखिन्छ ।
जबज उत्पत्ति हुँदाको देशको राजनीतिक परिस्थिति र अहिलेको राजनीतिक परिस्थिति फरक छ । जबज एक राजनीतिक चरण पार गरी अर्को राजनीतिक चरणमा प्रवेश गर्दा यसका राजनीतिक मान्यताहरु सकिएका हुन् वा देशमा राजनीतिक क्रान्ति सफल भएको अवस्थामा अबको आर्थिक क्रान्तिको चरणमा प्रवेश गर्दा जबजले के भन्छ र जबजमा लेखिएको जस्तो अबको निसाना भनेको सामन्तहरुका र पुँजीपतिका सम्पत्ति खोसेर गरिब किसानलाई बाँड्ने बेला आएको छ कि छैन ? आदि कुराहरु बुझ्नु जरूरी छ । कम्युनिस्टहरु भनेका एकदलीय निरंकुश र लोकतान्त्रिक हुँदैनन् भन्ने विगतमा जुन मान्यता थियो, त्यसको अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र नेपालको २००६ सालदेखि २०४७ र ०४८ सालको आन्दोलनसम्मको अनुभव र मान्यताका आधारमा विशिष्ट अवस्थामा जबज प्रतिपादन गरिएको राजनीतिक कार्यक्रम हो ।
जबज कम्युनिस्ट विचारधाराबाहेककालाई पनि राजनीतिक दल खोल्न, सभा–सम्मेलन गर्न पाउने, बोल्ने, लेख्ने, छाप्ने स्वतन्त्रताको पूर्ण ग्यारेन्टी दिने विभेदकारी नीति पूर्ण रुपमा बन्देज गर्ने भनी मदनकुमार भण्डारीले नेपालको विशिष्ट परिस्थितिमा प्रतिपादन गरेको माक्र्सवादको सृजनात्मक प्रयोग रहेको सिद्धान्त हो । जबजका सैद्धान्तिक आधार भनेको नै माक्र्सवाद, लेनिनवाद हो । नेपालमा कम्युनिस्ट पार्टी स्थापना भैसकेपछिको नेपालको लोकतान्त्रिक आन्दोलन र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको अनुभवका आधारमा विकास भएको हो । सामन्तवाद, साम्राज्यवाद र दलाल नोकरशाही पुँजीवादविरूद्ध गर्ने सशक्त कार्यक्रम नै जनवादी कार्यक्रम हो ।
जनताको बहुदलीय जनवादका आफ्नै मान्यताहरु छन् । जस्तो जनवादी राज्यसत्ता प्राप्त गर्नु, स्वतन्त्र, सार्वभौम, धर्मनिरपेक्ष, जनवादी गणतन्त्र घोषणा गर्ने, मानव अधिकार र मौलिक हक÷अधिकारको प्रत्याभूति दिने, संविधानको सर्वोच्चता, कानुनको शासन, बहुदलीय प्रतिस्पर्धा, बहुमतको सरकार र अल्पमतको विपक्षी आदि जबजका राजनीतिक मान्यताभित्र पर्छन् । साथै, सबै खालका पुँजीवाद, सामन्तवाद वैदेशिक एकाधिकार, पुँजीवाद, शोषण, उत्पीडन र प्रभुत्ववादका सबै खाले स्वामित्वहरु अन्त्य गर्नु, क्रान्तिकारी भूमिसुधार लागू गर्नु, सामन्तहरुका हदभन्दा बढी जमिन विनामुआब्जा जफत गरी गरिब किसानहरुलाई वितरण गर्नु र जनवादी अर्थ व्यवस्था लागू गर्नु जबजका आर्थिक पक्षहरु हुन् । जाति, भाषा र धर्मका आधारमा हुने भेदभावलाई अन्त्य गरी एकाधिकार हुन नदिने, धार्मिक स्वतन्त्रता, समानता, महिला र पुरूषबीचको समानता, समान ज्यालाको व्यवस्था लागू गर्ने । जातपात र छुवाछूतको प्रथालाई अन्त्य गर्ने । आधुनिक र प्रगतिशील गुणात्मक शिक्षा लागू गर्ने । आफ्नै देशको विशिष्टताको आधारमा साम्राज्यवाद र विस्तारवादको विरोध गरी सन्तुलित विदेश नीति लागू गर्ने आदि आदि जबजका गुणात्मक पक्षहरु हुन् ।
जतिबेला विश्व कम्युनिस्ट आन्दोलन धरापमा पर्दै थियो, त्यति नै बेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवका आधारमा कम्युनिस्टहरु पनि समय र परिस्थितिमा परिवर्तन हुँदै जान सक्छन् भन्ने मान्यता राखेर जबजको सिद्धान्त अगाडि ल्याइएको हो । त्यसबेला अन्तर्राष्ट्रियस्तरमा त यसले एक खालको तरंग नै मच्चाएकै हो र नेपालमा कार्लमाक्र्स जीवितै छन् भनेर अन्तर्राष्ट्रिय समाचार माध्यमबाट थाहा पाइएकै हो । जतिबेला जबजको अवधारणा बाहिर आयो, त्यतिबेलाको राष्ट्रिय राजनीतिक परिस्थितिमा रहेर विकास गरिएको हो । तर, आज त्यो राजनीतिक परिस्थिति छैन । एक किसिमले भन्ने हो भने राजनीतिक क्रान्ति सम्पन्न भएको छ र अब राष्ट्रमा आर्थिक क्रान्ति गर्नु जरूरी छ । विशिष्ट अवस्थामा उत्पत्ति भएको जबजलाई अहिलेको देशको राजनीतिक विशिष्टताका आधारमा परिमार्जन गर्दै जानुपर्ने अवस्था आएको छ ।
समग्रमा भन्नुपर्दा कार्ल माक्र्स र एंगेल्सले कम्युनिस्ट पार्टीको घोषणापत्र प्रतिपादन गरी विश्वभरि फैलाए । लेनिनले घोषणापत्रको सिद्धान्तलाई अनुसरण गर्दै क्रान्तिको आफ्नै किसिमको सिद्धान्त बनाई क्रान्ति गरी सफल पनि भए । र, माओत्सेतुङले आफ्नो देश सुहाउँदो जनवादी क्रान्ति गरे । कम्युनिस्टहरुका ठूला–ठूला क्रान्ति सफल त भए, तर क्रान्तिको बेला देशले ठूलो क्षति पनि व्योहोर्नु परेको छ । विश्व कम्युनिस्ट आन्दोलनलाई अध्ययन गर्दै शान्तिपूर्ण आन्दोलनबाट पनि सत्ता कब्जा गर्न सकिन्छ भन्ने निष्कर्ष निकालेर जनताको बहुदलीय जनवाद सिद्धान्त जननेता मदनकुमार भण्डारीले प्रतिपादन गरे । यो सिद्धान्त अहिले नेपाल कम्युनिस्ट पार्टी एमालेको मार्गदर्शक सिद्धान्त हो र सफल हुँदै गैराखेको अवस्था पनि छ ।

Wednesday, July 26, 2017

"बौलाई आईमाई, वाहा जिन्दगी"

"बौलाइ आईमाई,वाहा जिन्दगी"
सन्ध्याकालिन समय
सडक पेटिमा
मेरा दुई पैताला
अगाडि बड्न तँछाडमछाड गरिरहेका थिए,
मेरो मस्तिष्क
आफ्नै दुनियामा मस्त थियो,
सायद कसैको कल्पनामा।
तेत्तिकैमा,
अकस्मात कसैले मलाई प्रहार गर्यो
तिखो अनि धारिलो प्रहार।
प्रहार…?
हो प्रहार,
तर प्रहार कुनै हतियारको थिएन
न त व्यक्तिको आक्रमण नै,
प्रहार थियो त शब्दको
त्यो पनि एउटा स्त्रीवाजमा,
अश्लीलताले भरिपुर्ण शब्दको प्रहार
जसमा महिलात्व झल्कन्थ्यो।
मेरो मन चसक्क घोच्यो
मस्तिष्कमा आगोको ज्वाला उठ्यो
सायद सालको चिर्पट थियोभने दनदनी बल्थ्यो
म टक्क अडिएँ
र आफ्ना नयन पछिल्तिर दृष्टिगत गरेँ…।
जब मेरा नयनले
अश्लीलमुखी शब्द प्रहारको श्रोत नियाल्यो
तब मेरो क्रोध विलयनमान भयो
रिसको राप निभाउन
एउटा दृश्य दमकल बन्यो
ती महिला थिईन
जस्ले मलाई अश्लील शब्दको प्रहार गरिन्।
र ती महिला मात्र थिईनन्
उनमा पागलपन मिसावट थियो
उनी पागल थिईन
उनी बौलाई थिईन्
उनको स्मरण शक्ति गुमेको थियो
त्यसैले त मेरो क्रोध छिनभरमै बिलायो
एउटि पागल महिलालाई देख्दा
मेरो मन साच्चिकै प्रफुल्लित भयो
किनकि उनको एक्कैछिनको हाँसो
एक्कैछिनको रुवाई
एक्कैछिनको क्रोध
अनि यी सबैको समिश्रण
एउटा खिचडी थियो
जस्को स्वाद मेरा आखाले चाखे,
छिनभरमै एउटा रंगमञ्च बन्यो
जहाँ एक्कैपटक एउटै कलाकारले
धेरै पात्रको अभिनय गर्यो
जस्लाई मेरा नयनले दृस्टीगत गरे
आहा ! क्या आनन्ददायी क्षण
कस्तो अविच्चिन्न कला,
उनी स्वतन्त्र थिईन
उनमा न डर थियो, न इज्जत,
म उनको जिन्दगीमा कल्पित थिएँ
उनी केहि भन्दै थिईन
तर म,उनकै जिन्दगीमा रमाउँदै थिएँ।
सोच्दै थिएँ,रम्दै थिएँ
कस्तो रमणीय जिन्दगी।
लट्टा परेका कपाल
झुत्रे लुगा,
जस्ले छोप्नुपर्ने अंग पनि छोपेका थिएनन्
तर उनको शरिरमा कपडाको जरुरत थिएन
किनकी उनको शरिरमा मैलोको कपडा लागिसकेको थियो
उनी आसपासको गन्ध पनि पर्फ्युं लाग्थ्यो
हो मलाई उनको जिन्दगिले लोभ्यायो
मलाई अझैपनी गालिगलौज गर्दै थिईन
तर म उनिसँग मघ्न थिए
उनको संसार मेरो आखामा कैद गर्दैथिए
व्यबहारलाई दिमागमा नोट गर्दैथिए
व्यक्तित्वलाई हृदयमा बसाल्दै थिएँ।
म लठ्ठ थिएँ तर…
तर गोजिको मोबाईलबाट
गुञ्जिएको फोनको घन्टिले म ब्युझिएँ।
समय बितेछ,
म जुन यात्रामा निक्लिएको थिएँ
मलाई ढिलो भैसकेको थियो।
मेरा पाईला पछाडी फर्के र फेरि घरतर्फ नै लागे…।
धन्यवाद ! प्रतिकृयको आशमा…

Sunday, June 4, 2017

वास्तविकता र यथार्थले टिलपिल भरिएको कविता "म बेस्या हुँ" कृपया पढेर प्रतिक्रिया दिनुहोला !

               "म बेस्या हुँ"

बन्द कोठा
जहाँ म विश्वकै सुन्दरी कहलिन्छु
एउटा सुगन्धित फुल बनिदिन्छु
जस्को रस चुस्न
अनगिन्ती भमराहरु आउने गर्छन
म सन्तुष्टिको चरम बिन्दु बनिदिन्छु
जुन प्राप्तिको लागि
सयौं दानवहरुको भिड लाग्ने गर्छ
हो म धेरैको पारिश्रमिक राख्ने बैंक हुँ
प्यास मेटाउने कुवा हुँ
उत्तेजनाको औसधि हुँ
मायाकी खानी हुँ
कयौं दानवहरुको रानी हुँ
अनि भोक मेटाउने खाना हुँ
थकान मेटाउने चौतारी हुँ
तर…तर मात्र बन्द कोठामा
जब म
खुल्ला मैदानमा उत्रन्छु
मेरो परिचय अलग छ
मेरा कानका प्वालहरुमा
बेस्या नामक ध्वनि गुन्जने गर्छ
तिनै भरमरारुपि दानवहरुले
मेरो परिचय बेस्याको रुपमा परिभाषित गर्दिन्छन
हो…
हो म त्यही समाजले स्विकारेको बेस्या हुँ
एउटा खटियाथिको तकिया
जहाँमाथीको मेरो वस्त्रबिहिन शरीर
जस्लाई चुस्न
जस्लाई चुम्न
भोकाएको बाघ,बाख्रामाथी झम्टिएझै
तिनै दानवहरु झम्टिने गर्छन
जो यो समाजका प्रतिष्ठित ब्यक्ति हुन्
सम्मानित हस्ती हुन,
अनि
एउटा परिपक्व बालक
जो मेरा दुध चुस्न आत्तिरहेको हुन्छ
उभित्रको नाशवान भ्रुण
जस्लाई आफ्नो मुत्रकुण्ठको माध्यमबाट
मेरो सानो सुरुङमार्गमा प्रवेश गराउन
आतुर हुन्छ
हो यस्तै अनगिन्ती परपुरुषहरु
जस्ले मेरो शरीरलाई रङ्गमञ्च बनाएका छन
चाकाचुली खेल्ने खेलमैदान बनाएक छन
अनि यिनैले
यो समाजको अगाडि
मलाई बेस्याको उपमा दिएका छन्
रन्डीको तक्मा भिराएका छन्
म बाध्य छु,
मलाई स्विकार्य छ
यो समाजले दिएको बेस्याको पदक
हुँ म बेस्या नै हुँ
ती दानव
जस्ले आफ्नो लिंगलाई
स्वर्गद्वारीमा प्रवेश गराउँदा
म स्वर्गकी परि भएँ
त्यही कलंक
जस्ले आफ्नो मुख
मेरा हिमालरुपी स्तनमा डुलाउँदा
म यो सृष्टिकि अप्सरा भएँ
त्यही कुरुप मानव
जस्ले मेरो शरीरलाई
गिद्दले सिनो लुछेझै लुछिरहँदा
म विश्वकै सुन्दर स्त्री भएँ
तर…
तर जब यो दुनियाँबाट बाहिर निक्लन्छ
अनि म त्यही बेस्याको रुपमा पुनर्स्थापित हुन्छु
यतिमात्र हैन
म कयौंको एकराते मन्त्रायणी भएँ
सयौँको एक ओछ्याने नेत्री भएँ
अनि अनगिन्तीका एक दिने पत्नी हुँदैछु
जस्का लागि
हजारौं रकम खर्चन सक्छन्
तिनै प्रतिष्ठावान र सम्माननिय दानव
म एक बेस्याको लागि
हो मलाई सम्मानित भाषामा बेस्या भन्छन
गालिगत भाषामा रन्डी भन्छन
अनि आधुनिक युवाले भालु भन्छन्
भनुन्,म सुनिदिन्छु
स्विकारिदिन्छु
र…पचाईदिन्छु
किनकी म समाजबाट हेलित बेस्या हुँ।

      -कृपया गलत अर्थले नबुझिसिनुहोला, प्रतिक्रियाको आशमा…

कविता "आमा" एकपटक पढेर प्रतिक्रिया दिनुहोला !

                     "आमा"

आमा !
तिम्रो गर्वमा भ्रुण छर्दा
सयौं बा'हरुले बलि चडाए
हजारौंले शारीरिक सम्पती गुमाए
जसोतसो
भ्रुणलाई परिपक्वता दिँदै
'लोकतन्त्र'नामक सन्तान जन्माएउ
तर
तर खै आमा
तिम्रो सन्तानले सुख दिएको?
खै तिमिलाई प्रेम गरेको?
तिम्रो प्रसव पिडाको ख्याल नगरी
मान्छेहरुले दिपावली मनाए
तिम्रो नासोलाई स्वागत गरे,
अनि
बिजयको र्यालीले
तिम्रो कोखमा दियो बालियो
तर आज
दियोको राग फरक छ
मानवता जलिरहेछ
स्वाधिनता सल्किरहेछ
तिम्रो सन्तानलाई
गुडियाको रुपमा खेलाईरहेछन
शिक्षित र दिक्षितहरुले
लोकतन्त्रलाई जोकतन्त्रले
परिभाषित गर्दैछन
आमा
खेलौना त तिम्रो सन्तानलाई बनाईदै छ
तर पीडा ?
तिम्रो दर्दमा मल्हम कस्ले लगाईदिने?
तिम्रो शरीर कस्ले ढाकिदिने?
तिमी कति अभागी रहिछौ आमा
न तिम्लाई समाल्ने गतिलो बा'पाएउ
न आफ्नो सन्तान समाल्न सकेउ
लोकतन्त्र तिम्रै नासो हो
हो तिम्रै नासोलाई खेलाउदै
तिम्रै अस्तित्व मेटाउन
तिमी भित्रका हामिलाई
आँखै अगाडि बेचिदैछ
तर बा ?
लिंग परिवर्तन गर्दा
बा बेस्या हुन
बेस्या बा'ले सन्तान स्विकारेनन्
आमा
११ वर्षे तिम्रो सन्तान सुधार्न
तिम्रो अस्तित्व जोगाउन
केरमेरिएको तिम्रो भाग्यरेखा
चम्किलो बनाउन
राष्ट्रिय बा'को खाँचो छ
हो आमा
म तिनै बा'को खोजिमा छु
म मात्र हैन
मरुपी 'म'हरु धेरैछन
खोज्दैछन् बा…
तर कहाँ भेटिएला………?

       - सरल भाषाको सानो प्रयास,प्रतिक्रियाको आशमा छु।

युवापुस्ताले पढ्नै पर्ने कविता "म कलंकित र घृणित युवा"

      *म कलंकित र घृणित युवा*

म एक बैँशालु युवा
मेरा कुदृष्टिले भरिएका नयन
जस्ले एउटा स्त्रीको बस्त्र नियाल्छ
तिमिभित्रको मिठासलाई
कल्पदै मुख मिठ्याउँछ
अनि
एउटा बैँशधारी युवती
जसको कृतिम सजावट
अनि प्राकृतिक बनावट
हेर्दा लालायित हुन्छन मेरा नयन
हो,म एउटा खराब आचरणले भरिपुर्ण
कलंकित र घृणित युवा हुँ।
मेरा डुब्दै गएका नयन
तिम्रो हरेक अंगअंगमा रमाईरहेका हुन्छन
तिमिप्रतिको मेरो एकोहोरो हेराईलाई
तिम्रा ठुलाठुला आँखा
अनि क्रोधको भावनाले
मेरो उत्तेजनालाई अझ सहयोग गरिरहेका हुन्छन्
हो, म तिम्रो शरिरको अपराधी हुँ
किनकी
तिम्रा पोटिला स्तन
बारुली कम्मर
अनि दुई खम्बाबिचको उत्तेजित क्षेत्र
यी सबैलाई म
एकपटक बस्त्रबिहिन रुपमा कल्पना गर्छु
जतिबेला मेरो शिवलिंग छट्पटाउँछ
धरहराको रुपमा खडा हुने प्रयत्न गर्छ
अमिलोको कल्पनाले मुख रसाएझैँ
मेरो शिवलिंग रसाउँछ
जुन भोलि तिम्रै गर्वमा
भ्रुणको रुपमा स्थापित हुनेगर्छ
हो, म त्यही बलत्कारी हुँ
जस्ले तिम्लाई नयनले बलात्कार गर्छ
अनि तिमी
मलाई प्रसय दिईरहेकी हुन्छ्यौ
लज्जावती भावमा ।
नारी
तिमी किन प्रश्न उठाउँछौ मेरो नियतमाथी ?
हो, तिम्रो एक चौथाई कृतिम ब्रस्त्र
सुकोमल र नरम शारीरिक बस्त्र
अनि उत्तेजक हिँडाई
पुष्ट र यौनबर्दक शरीर
जहाँ मेरो कुदृष्टिलाई
तिम्रो मौनताले स्विकारिरहेको हुन्छ
तिमिलाई थाहा छ,म एक युवा
जो बैशले मातिएको
यौनइच्छाले आत्तिएको
उत्तेजनाले रापिएको
सायद प्राकृति नियम होला
तर तिम्रो भावनाले कदर गर्दैन
म बुझ्छु
तिमी पनि भित्रभित्रै जलिरहेकी हुन्छ्यौ
यी सबैलाई स्विकार्न प्रकृतिले दिन्छ
तर व्यक्तित्वले दिदैन
अनि किन मेरोसामु प्रश्नवाचक चिन्ह ?
हो बैशालु स्त्री
मेरो शरिरले तिम्रो बैशसँग
प्राकृति अधिकार माग्दैछ
त्यही अधिकार तिमिलाई कलंकित भयो?
घृषित भयो?
अपाच्य भयो ?
हो नि है !
त्यसैले त म
कलंकित र घृणित युवा हुँ……।

          -सबै युवालाई प्रतिनिधित्व गर्दै कवितामा 'म' उल्लेख भएको छ। कृपया प्रतिक्रिया दिनुहोला। धन्यवाद!

Sunday, April 30, 2017

बैशाख १७ को राजनीतिक घटनापछिको देश :

बैशाख १७ को राजनीतिक घटनाले अबको देशको भविस्य र अब अगाडिको राजनीतिक परिदृश्य यस्तो हुनसक्छ :-
१. राप्रपाले सरकारबाट बाहिरिने निर्णय गर्दै सरकारलाई दिएको समर्थन वापस लिने छ l
२. सरकार अल्पमतमा पर्नेछ र सरकार जोगाउन मधेशकेंद्रित तीन दलहरुको समर्थन उपलब्ध गराईने छ l
३. त्यो सरकारले हाल गरिन थालेको स्थानीय चुनाव रद्द गर्ने छ र संबिधान संशोधन गर्ने बहानामा यो चुनाव अर्कोवर्ष गर्ने निर्णय गर्ने छ ।
४. देउवालाई सत्ता हस्तान्तरण गरिने छ ।

यसबाट उत्पन्न हुने परिणाम :
१. देश दुई ध्रुवमा विभाजित हुनेछ ।
२. संबिधान संशोधन कहिल्यै हुनेछैन ।
३. स्थानीय चुनाव नहुँदाको परिस्थितिमा राष्ट्रियसभाको चुनाव हुनेछैन । किनकि, राष्ट्रिय सभाको निर्वाचनमण्डलमा स्थानीय तहका प्रमुख र उपप्रमुख छन् ।
४. राष्ट्रियसभाको अनुपस्थितिमा प्रतिनिधिसभाले पूर्णता पाउने छैन । किनकि, संबिधान अनुसार संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) मा समानुपातिक तर्फको कोटामा महिलाको प्रतिनिधित्व ३३% हुनुपर्ने संबैधानिक बाध्यता छ ।
५. यसप्रकार देशका प्रतिनिधिमूलक संस्थाहरु ध्वस्त हुनेछन र संबिधान स्वत: कागजको खोष्टोमा परिणत हुनेछ ।
६. सायद, कुनै अदृश्य शक्तिले चाहेको यही हो। हामी त केवल चेसका मोहरा मात्र हौँ, खेल त कसैले अन्यत्रै बसेर खेल्दै छ ।

आफ्नो 'इगो' र रिसिबिले गर्दा कार्यपालिका र न्यायपालिका बिच फाँटो आउनु राम्रो संकेत थिएन। यसले देशलाई अस्थिरता तिर त धकेल्छ नै संबिधान पनि कोल्याप्स हुने सम्भावना देखिन्छ।