Sunday, June 4, 2017

वास्तविकता र यथार्थले टिलपिल भरिएको कविता "म बेस्या हुँ" कृपया पढेर प्रतिक्रिया दिनुहोला !

               "म बेस्या हुँ"

बन्द कोठा
जहाँ म विश्वकै सुन्दरी कहलिन्छु
एउटा सुगन्धित फुल बनिदिन्छु
जस्को रस चुस्न
अनगिन्ती भमराहरु आउने गर्छन
म सन्तुष्टिको चरम बिन्दु बनिदिन्छु
जुन प्राप्तिको लागि
सयौं दानवहरुको भिड लाग्ने गर्छ
हो म धेरैको पारिश्रमिक राख्ने बैंक हुँ
प्यास मेटाउने कुवा हुँ
उत्तेजनाको औसधि हुँ
मायाकी खानी हुँ
कयौं दानवहरुको रानी हुँ
अनि भोक मेटाउने खाना हुँ
थकान मेटाउने चौतारी हुँ
तर…तर मात्र बन्द कोठामा
जब म
खुल्ला मैदानमा उत्रन्छु
मेरो परिचय अलग छ
मेरा कानका प्वालहरुमा
बेस्या नामक ध्वनि गुन्जने गर्छ
तिनै भरमरारुपि दानवहरुले
मेरो परिचय बेस्याको रुपमा परिभाषित गर्दिन्छन
हो…
हो म त्यही समाजले स्विकारेको बेस्या हुँ
एउटा खटियाथिको तकिया
जहाँमाथीको मेरो वस्त्रबिहिन शरीर
जस्लाई चुस्न
जस्लाई चुम्न
भोकाएको बाघ,बाख्रामाथी झम्टिएझै
तिनै दानवहरु झम्टिने गर्छन
जो यो समाजका प्रतिष्ठित ब्यक्ति हुन्
सम्मानित हस्ती हुन,
अनि
एउटा परिपक्व बालक
जो मेरा दुध चुस्न आत्तिरहेको हुन्छ
उभित्रको नाशवान भ्रुण
जस्लाई आफ्नो मुत्रकुण्ठको माध्यमबाट
मेरो सानो सुरुङमार्गमा प्रवेश गराउन
आतुर हुन्छ
हो यस्तै अनगिन्ती परपुरुषहरु
जस्ले मेरो शरीरलाई रङ्गमञ्च बनाएका छन
चाकाचुली खेल्ने खेलमैदान बनाएक छन
अनि यिनैले
यो समाजको अगाडि
मलाई बेस्याको उपमा दिएका छन्
रन्डीको तक्मा भिराएका छन्
म बाध्य छु,
मलाई स्विकार्य छ
यो समाजले दिएको बेस्याको पदक
हुँ म बेस्या नै हुँ
ती दानव
जस्ले आफ्नो लिंगलाई
स्वर्गद्वारीमा प्रवेश गराउँदा
म स्वर्गकी परि भएँ
त्यही कलंक
जस्ले आफ्नो मुख
मेरा हिमालरुपी स्तनमा डुलाउँदा
म यो सृष्टिकि अप्सरा भएँ
त्यही कुरुप मानव
जस्ले मेरो शरीरलाई
गिद्दले सिनो लुछेझै लुछिरहँदा
म विश्वकै सुन्दर स्त्री भएँ
तर…
तर जब यो दुनियाँबाट बाहिर निक्लन्छ
अनि म त्यही बेस्याको रुपमा पुनर्स्थापित हुन्छु
यतिमात्र हैन
म कयौंको एकराते मन्त्रायणी भएँ
सयौँको एक ओछ्याने नेत्री भएँ
अनि अनगिन्तीका एक दिने पत्नी हुँदैछु
जस्का लागि
हजारौं रकम खर्चन सक्छन्
तिनै प्रतिष्ठावान र सम्माननिय दानव
म एक बेस्याको लागि
हो मलाई सम्मानित भाषामा बेस्या भन्छन
गालिगत भाषामा रन्डी भन्छन
अनि आधुनिक युवाले भालु भन्छन्
भनुन्,म सुनिदिन्छु
स्विकारिदिन्छु
र…पचाईदिन्छु
किनकी म समाजबाट हेलित बेस्या हुँ।

      -कृपया गलत अर्थले नबुझिसिनुहोला, प्रतिक्रियाको आशमा…

No comments:

Post a Comment