आमा !
तिम्रो गर्वमा भ्रुण छर्दा
सयौं बा'हरुले बलि चडाए
हजारौंले शारीरिक सम्पती गुमाए
जसोतसो
भ्रुणलाई परिपक्वता दिँदै
'लोकतन्त्र'नामक सन्तान जन्माएउ
तर
तर खै आमा
तिम्रो सन्तानले सुख दिएको?
खै तिमिलाई प्रेम गरेको?
तिम्रो प्रसव पिडाको ख्याल नगरी
मान्छेहरुले दिपावली मनाए
तिम्रो नासोलाई स्वागत गरे,
अनि
बिजयको र्यालीले
तिम्रो कोखमा दियो बालियो
तर आज
दियोको राग फरक छ
मानवता जलिरहेछ
स्वाधिनता सल्किरहेछ
तिम्रो सन्तानलाई
गुडियाको रुपमा खेलाईरहेछन
शिक्षित र दिक्षितहरुले
लोकतन्त्रलाई जोकतन्त्रले
परिभाषित गर्दैछन
आमा
खेलौना त तिम्रो सन्तानलाई बनाईदै छ
तर पीडा ?
तिम्रो दर्दमा मल्हम कस्ले लगाईदिने?
तिम्रो शरीर कस्ले ढाकिदिने?
तिमी कति अभागी रहिछौ आमा
न तिम्लाई समाल्ने गतिलो बा'पाएउ
न आफ्नो सन्तान समाल्न सकेउ
लोकतन्त्र तिम्रै नासो हो
हो तिम्रै नासोलाई खेलाउदै
तिम्रै अस्तित्व मेटाउन
तिमी भित्रका हामिलाई
आँखै अगाडि बेचिदैछ
तर बा ?
लिंग परिवर्तन गर्दा
बा बेस्या हुन
बेस्या बा'ले सन्तान स्विकारेनन्
आमा
११ वर्षे तिम्रो सन्तान सुधार्न
तिम्रो अस्तित्व जोगाउन
केरमेरिएको तिम्रो भाग्यरेखा
चम्किलो बनाउन
राष्ट्रिय बा'को खाँचो छ
हो आमा
म तिनै बा'को खोजिमा छु
म मात्र हैन
मरुपी 'म'हरु धेरैछन
खोज्दैछन् बा…
तर कहाँ भेटिएला………?
- सरल भाषाको सानो प्रयास,प्रतिक्रियाको आशमा छु।
वास्तविकतायुक्त कविता
ReplyDelete